नमस्ते यस लुभु खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाको आधिकारीक वेभ साइटमा यहांहरुलाई स्वागत गर्द्छौं । धेरै वर्षको प्रयास पश्चात पूर्वजहरुको प्रयासबाट करिव ३५ वर्ष अगाडि चापाखर्क खानेपानी आयोजना मार्फत लुभु लगायत ५ वटा गाउंमा पानी आपूर्ति भइरहेको छ । जनसंख्याको वृद्धि, जलवायु परिवर्तन, वातावरण विनाश लगायत जीवन शैलीको परिवर्तनका कारण चापाखर्कबाट आपूर्ति भएको पानी न्यून हुन जांदा वैकल्पिक पानी आपूर्तिको आवश्यक हुन गयो । त्यही आवश्यकता परिपूर्ति गर्न लुभु खोलाको पानीलाई सुव्यवस्थित गरी तल्लो दोभान खानेपानी योजनाको नामबाट शुरु भएको यस आयोजनाबाट यही २०७१ अषाढ १८ गतेदेखि निजी धारा वितरण गर्ने कार्य शुरु भई हाल ५०० वटा निजी धारा तथा करिब ४० वटा सार्वजनिक धाराहरुबाट पानी आपूर्ति भइरहेको छ । यस संस्थाहका पदाधिकारीहरुको २०७१ चैत्र ६, ७, ८ गते नवलपरासीको खानेपानी आयोजनाको अवलोकन भ्रमण गरी त्यहांबाट सिकेको आधारमा किफायति तरिकाबाट क्लोरिनेशन गरी यही २०७२ वैशाख ७ गतेदेखि खोलाको पानीलाई किटाणुंरहित बनाई खानयोग्य हुने गरी पानी आपूर्ति गरिदै आएको छ । हाल ३ लाख ५० हजार लिटर क्षमता भएको रिर्जभ ट्याड्ढबाट पानी आपूर्ति गर्दा ५ सय वटा निजी धारामा दैनिक १ लाख ५० हजार लिटरमात्र पानी उपभोग भई करिव ४० वटा सार्वजनिक धाराबाट २ लाख लिटर पानी खपत भएको पाइएको छ । सार्वजनिक धारामा आवश्यकता अनुसारमात्र पानी प्रयोग नगरी अनावश्यक रुपमा पानी खेर फाल्ने गरेको पाइएको छ । दैनिक करिव रु १ हजार खर्च गरी क्लोरिनेशन गरिएको हुनाले पानी खेर फाल्दा निजी धारा उपयोग गर्ने संग लिएको रकम सार्वजनकि धाराबाट दुरुपयोग भएबाट निजी धारा प्रयोगकर्तामाथि अन्याय भने गरेको छ । अतः पैसा लाग्ने पानीलाई किफायत तरिकाबाट प्रयोग गर्न हुन अनुरोध गर्न चाहान्छु ।