भावी कार्यक्रम

१) आ.व २०७८÷०७९ मा निजि धारा १७०० पु–याउर्ने लक्ष्य लिईएको छ ।

२) भ्याली बोर्डबाट गरिएको सर्भे अनुसार महालक्ष्मी नगरपालिका क्षेत्रमा गर्ने डीप बोरीङ्ग यस संस्थाको लागि पार्न पहल गर्ने ।

३) दोभान देखि संस्थाको प्राङ्गन सम्म ट्रान्समिशन पाईप लाईन सुधारको काम गर्ने ।

४) सवडोल स्थित यस संस्थाको डीप बोरीङ्गको लागि ३५ के.भि.ए. क्षमताको जेनेरेटर खरीद गरेको अनुमोदन गर्ने ।

५) लुभुको राजकुलोको बाँध निर्माण गर्न जल श्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, भनिमण्डलमा अनुरोध गर्ने ।

६) ट्युब–सेटलर सुधार गर्ने ।

७) २ नम्बर रिजर्भ ट्याङ्कको पानीलाई ओभरहेड टेंकमा पठाउने ब्यबस्था मिलाउने ।

८) प्राबिधिक शाखाको लागि थप कोठाको ब्यबस्था गर्ने ।

९) सम्पूर्ण उपभोक्ताहरुको धाराको मिटरमा रि–सिलिङ्ग गर्ने ।

१०) डिजिटल फोटो मिटर र आर्सिनेटरको ब्यबस्था गर्ने ।

११) देवीस्थान घःचाः टोलको अर्जुनको घर देखि पुल सम्म ७५ एम एम पाईप लाईन १२५ मिटर विस्तार गर्ने

१२) छ्यों मरु धः देखि अफल सम्म ६३ एम एम पाईप लाईन १३० मिटर विस्तार गर्ने ।

१३) टुझोल रोड देखि कुर्फटार दोबाटो सम्म ६३ एम एम पाईप लाईन ३५० मिटर विस्तार गर्ने ।

१४) कुल्फटार देखि बिष्णुडोल जाने दोबाटो सम्म ६३ एम एम पाईप लाईन १४० मिटर विस्तार गर्ने ।

१५) बिष्णुडोल जाने दोबाटो देखि मचागाल दक्षिण तर्फ ६३ एम एम ३०० मिटर पाईपलाईन विस्तार गर्ने

१६) जरुचा डी एम देखि मचागाल रोड सम्म ६३ एम एम १५० मिटर पाईपलाईन विस्तार गर्ने ।

१७) गःसी चर्च देखि ई.वर्कशप सम्म ६३ एम एम ११० मिटर पाईपलाईन विस्तार गर्ने ।

१८) प्रशोधन केन्द्र देखि घाफल चोक ( देवीस्थान मूलबाटोको दाया“बाया“) १६० एम एम ४०० मिटर र १४० एम एम ७०० मिटर गरी जम्मा ११०० मिटर पाईपलाईन विस्तार गर्ने

१९) यस संस्थाले ऋत्भ्ख्त् सगं आवश्यक समन्यव गरि प्लम्बर सहायकको तालीम गर्ने ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा अन्य निकाय मार्फत संचालन हुने आयोजना अन्तर्गत निम्नानुसारको कार्यक्रम समावेस गर्ने ः

१. यस संस्थालाई खानेपानी तथा ढल व्यवस्थापन विभाग मार्फत केन्द्रीय आयोजना अन्तर्गत कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउनको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने ।

२. आवश्यक्ता अनुसार थप डिस्ट्रीब्यूसन पाईप लाइन विस्तार गर्ने ।

३. थप पानी प्रशोधन केन्द्र निर्माण गर्न ।

४. थप डीप बोरिङ्गको ब्यबस्था गर्नुपर्ने ।

५. २ लाख लिटर क्षमताको थप १ वटा ओभर हेड टैंक निर्माण गर्न ।

६. लुभु बजार क्षेत्रमा नयां पाईप लाइन सुधार तथा विस्तार गर्ने ।

७. बितरण पाईप लाईन प्रणालीमा १३ स्थानमा बास–आउट भल्ब, भल्ब बक्स र च्याम्बरको ब्यबस्था गर्ने ।

८. सन्डोल क्षेत्रको लागि ओभरहेड ट्याङ्क र पाईप लाईन बिस्तार गर्ने ।

९. पानी प्रशोधन केन्द्रको लागि ५० किलोवाट क्षमताको जेनेरेटरको ब्यबस्था गर्ने । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत केन्द्रिय आयोजना संचालन गर्न रु २९ करोड सम्मको व्यवस्था गर्ने आश्वासन प्राप्त भए अनुसार यस संस्थाको खानेपानी व्यवस्थाको उक्त आयोजना संचालन गर्न १० प्रतिशतले हुने रकम २ करोड ९० लाख खानेपानी अफिसमा जम्मा गर्नु पर्ने भएको हुदां यस संस्थाको सम्पूर्ण उपभोक्ताहरुबाट ऋण स्वरुप रु ५०००।०० उठाउने भनी संचालक समितिको निर्णय भएको हुदां सो अनुमोदनको लागि यस वार्षिक साधारण सभामा पेश गर्न चाहन्छु । उक्त आयोजना समाप्त भएपछि उपभोक्ताहरु बाट ऋणको रुपमा लिएको रु ५०००।०० पछि खानेपानी महसुलमा नै समायोजना गर्दै जाने निर्णय समेत भएको पनि यसै वार्षिक साधारण सभामा जानकारी गराउन चाहन्छु ।

सल्लाह–सुझाव एवं गुनासो