पानी जीवन हो । पिउनको लागि मात्रै एकजना स्वस्थ र वयस्क मानिसको लागि दैनिक २–३ लिटर पानीको आवश्यकता पर्दछ । यस बाहेक खाना पकाउने, भाँडाकुँडा पखाल्ने, हात धुने, लुगा धुने, नुहाउने जस्ता दैनिक क्रियाकलापको लागि पनि पानीकै आवश्यकता पर्दछ । यी सम्पूर्ण कार्यको लागि एकजना व्यक्तिलाई प्रतिदिन न्यूनतम ४५ लिटर पानी चाहिन्छ । यद्यपी यो मात्रा व्यक्तिको जीवन पद्धतीमा भर पर्दछ । यद्यपी उक्त
न्यूनतम पानीको उपभोग गर्न पाउने भाग्यमानी नेपालीहरु निकै थोरै छन् भन्दा अत्युक्ती नहोला । आवश्यक संरचना, सुविधा र व्यवस्थापनको अभावमा ३५ लाख नेपालीहरुमा अझै पनि आधारभूत पानीको पहुँच पुग्न सकेको छैन । ९व्ःए द्दण्ज्ञछ० पानी उपलव्ध भएर मात्र पुग्दैन उपलव्ध पानीको गुणस्तरमा ध्यान पु¥याउनु पनि उत्तिकै जरुरी छ । किनकि पानी तबसम्म जीवन हो जबसम्म सुरक्षित रहन्छ, दुषितपानी मृत्युको प्रमुख कारण पनि बन्न सक्छ । याद राख्नुस् सफा हुँदैमा पानी पिउन योग्य हुन्छ भन्न सकिंदैन किनकि हाम्रो आँखाले देख्ने फोहर मिसिएमा मात्रै पानी फोहर देखिने हुन्छ । तर हाम्रो आँखाले देख्न नसकिने सुक्ष्म जीवाणु किटाणुहरु मिसिएको पानी फोहर देखिंदैन जुन हाम्रो स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । बुझ्नु पर्ने कुरा के छ भने कम्तिमा नेपालमा पानी पिउन नपाएर बिरामी भएको वा कसैको मृत्यु भएको सुनिंदैन । तर सयौं नेपालीहरु पानी पिएर बिरामी हुन्छन्हरेक वर्ष यो देशमा । त्यस मध्ये कति जना त मृत्युको मुखमा समेत पुगेको समाचार हरेक वर्ष संचार माध्यममा छ्यापछ्याप्ती छापिने गरेको तपाईं हामीले सुनेकै छौं, पढेकै छौं, हेरेकै छौं । Demographic and Health Survey Nepal, 2016 को आधारमा हरेक वर्ष नेपालमा पाँच वर्ष उमेर सम्मका ५ प्रतिशत बालबालिकाहरुलाई झाडापखाला लाग्ने गरेको छ । तर के ती सबै पानी पिएर भन्दा पनि असुरक्षित वा दूषित पानी पिएर बिरामी भएका हुन्छन् । त्यसैले पिउने पानी सुरक्षित छ भने मात्र जीवन हो तर पानी दूषित भएमा रोग र मृत्युको कारण बन्दछ ।
खानेपानी प्रणालीको नियमित एवम् उचित मर्मत सम्भार र संचालनले मात्र गुणस्तरीय र पर्याप्त पानीको आपूर्ति प्रत्याभूत गर्न सकिन्छ । तर विडम्बना नेपालका अधिकांश खानेपानी प्रणालीहरु उचित एवम् नियमित मर्मत संभारको अभावमा जीर्ण अवस्थामा पुगेको छ भने संचालनमा रहेका प्रणालीहरुले पनि भरपर्दो र गुणस्तरीय पानी आपूर्ति गर्न सकिरहेको अवस्था छैन ।
Demographic and Health Survey Nepal, 2016 को आधारमा नेपालमा २५.४प्रतिशत खानेपानी प्रणाली मात्रै राम्ररी संचालनमा रहेका छन्। तसर्थ योजना निर्माणसँगसँगै यसको दिगोपनबारे पनि सचेत र सक्रिय रहनु अत्यन्त जरुरी छ । यसको लागि निर्माण चरणदेखि नै सबै सरोकारवाला पक्षले योजनाको दिगोपनबारे सोच्ने र तयारी गर्ने कार्यमा लाग्नु अनिवार्य हुन्छ । यसको लागि स्वयम्उपभोक्ता अत्यन्त सचेत, सक्रिय र
जागरुक हुनु जरुरी हुन्छ ।
२.० खानेपानी प्रणालीको संचालन र मर्मत–सम्भार
प्रणालीको क्षमता अनुसारको परिमाणमा सुरक्षित खानेपानीको नियमित आपूर्ति गर्नु नै संचालन र मर्मत–सम्भारको मुख्य उद्देश्य हुनु पर्दछ । संचालन भन्नाले दैनिक कार्य प्रणाली भन्ने बुझिन्छ भने मर्मत–सम्भार कुनैपनि प्रकारको हानी नोक्सानीबाट बचाउने र उकास्ने निरन्तरको क्रियाकलाप हो । सामान्यतयाः मर्मत र सम्भारलाई एकै शव्दावलीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । तर यी दुई शव्दहरुले भिन्ना भिन्नै अर्थ र प्रयोजनलाई जनाउँदछ । कुनै पनि वस्तु वा प्रणालीलाई बिग्रन, भत्कनबाट जोगाउनको लागि गरिने सुरक्षा, हेरचाह जस्ता क्रियाकलाप संभार हो भने कुनै वस्तु वा प्रणाली बिगे्र भत्केमा बनाउन वा उक्त खराबीबाट उकास्न गरिने कार्यलाई मर्मत भनिन्छ । उदाहरणको लागि घर नभत्कियोस्भन्नाका लागि गरिने लिपपोत, रंगरोगन, सरसफाई जस्ता कार्य सम्भार हो भने बिग्रिएको झ्याल ढोका, चुहिएको छाना, भत्किएको गारो आदि बनाउने कार्य मर्मत हो । संचालन र मर्मत संभारको मूल उद्देश्य डिजाइन अनुरुप पानीको उपलव्धतालाई सुचिश्चित गर्नु र पानीमा निहित विभिन्न खालका प्रदुषण हटाई गुणस्तर युक्त खानेपानी पानी वितरण गर्नु हो । यसको लागि उपलव्ध भौतिक संरचनाबारे पर्याप्त जानकारी हुनु अत्यावश्यक हुन्छ । कस्तो प्रकारको संरचना हो, उक्त संरचनाले के कसरी कार्य गर्दछ भन्ने सम्बन्धमा राम्रो जानकारी राखेर मात्रै संचालन र मर्मत संभार चुस्त दुरुस्त राख्न सकिन्छ ।
३.० खानेपानी प्रशोधनका केन्द्रीयस्तरमा निर्माण गरिने प्रविधि
पानीलाई केन्द्रीय स्तर र घरेलुस्तर गरी दुई तहमा प्रशोधन गर्न सकिन्छ । केन्द्रिय स्तरमा निर्माण गरिने प्रशोधन प्रविधिहरु पानीमा निहित प्रदुषण एवं पानीको स्रोतको आधारमा तय गरिन्छ । यस लेखमा पानीको स्रोत खोला भएमा आवश्यक पर्न सक्ने केन्द्रीय स्तरका केहि प्रविधिहरुको बारेमा चर्चा गरिनेछ ।
३.१ रफिड्ड फिल्टर
पानीको स्रोत खोला भएको अवस्थामा रफिङ्ग फिल्टर ९च्यगनजष्लन ँष्तिभच० आवश्यक पर्दछ । सामान्यतया बाढीको समयमा खोलाको पानीमा हुने अत्याधिक धमिलो
विशेषतः
Supspended Solid हटाउन रफिङ्ग फिल्टरको आवश्यकता पर्दछ । पानीको धमिलोपनाको कारण ढुवानी पाइप (Transmission Line) चाँ–चाँडो जाम हुनसक्ने भएकोले यो फिल्टरलाई यथासक्य इन्टेक नजिक निर्माण गरिन्छ । रफिङ्ग फिल्टरको प्रयोगले यसपछि आउने प्रशोधन प्रविधिहरु विशेषगरी Sedimentation, Tube Settler, Slow Sand Filter, Rapid Sand Filter आदिलाई समेत चाँ–चाँडो जाम
हुनबाट रोक्दछ । साथै यसले पानीमा हुनसक्ने जीवाणु किटाणु, फलाम, म्यांगानिजलाई पनि उल्लेख्य मात्रामा हटाउने कार्य गर्दछ । पानी बग्ने दिशाको आधारमा रफिङ्ग फिल्टर तीन प्रकारका हुन्छन्( Downflow, Upflow / Horizontal Flow Filter । यी तीन प्रकारका फिल्टरमध्ये तुलनात्मक रुपमा Upflow Roughing Filte सस्तो र सफा गर्न सजिलो हुन्छ । रफिङ्ग फिल्टर साधारणतया आयाताकार ट्यांकी हो जसको गहिराई सालाखाला १.५ मिटर हुन्छ । रफिङ्ग फिल्टरमा विभिन्न साइजका फिल्टर मेडिया (खोलाको गिट्टी र खस्रो बालुवा) लाई मिलाएर राखिएको हुन्छ । फिल्टर मेडिया राख्दा इन्लेट तिर ठूलो साइजको
गिट्टी र त्यसपछि सानो साइजको गिट्टी गर्दै आउटलेट तिर खस्रो बालुवा राखिन्छ । यसरी तयार भएको फिल्टरमा क्रमशः ठूलो गिट्टी, सानो गिट्टी, खस्रो बालुवा हुँदै पानी प्रशोधन भएर निस्किन्छ ।