यस संस्थाको मिति २०८१ साल असोज २५ सम्म भएको धारा जडान संख्या जम्मा १८०० पुगेको जानकारी गराउन चाहन्छु । ( २०८१ साल असोज )
१) आ.व. २०७६÷०७७ र २०७७÷०७८ मा गरी संस्थामा क्रमशः ३७ र ४१ गरी जम्मा ७८ पटक सञ्चालक समितिको बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ । यस संस्थाले तयार गरेको सम्पूर्ण
निर्माणहरु तथा अन्य कार्यहरु यसै निर्णयका आधारमा गरिएको जानकारी गराउन चाहन्छु ।
२) चौथो साधारण सभाको समाप्ति पश्चात सोको समिक्षाको लागि मिति २०७६ साल फागुण २ गतेका दिन कार्य विनायकमा संस्थाका अध्यक्ष ई. श्री रामबहादुर श्रेष्ठ ज्यू को अध्यक्षतामा समिक्षा
बैठक सम्पन्न भएको जानकारी गराउन चाहन्छु ।
३) यस संस्थाकोउद्देश्य अनुरुप उपभोक्ताहरुलाई स्वच्छ खानेपानीको सहज आपूर्ति गर्नको निम्ति लुभु सवडोलमा थप एक डीप बोरीङ्ग महालक्ष्मी न.पा. बाट आ.व. २०७७÷०७८ मा विनियोजित बजेट
रु ४० लाख तथा संस्थाको तर्फबाट रु ८ लाख गरी जम्मा ४८ लाख लागत बाट बोरीङ्ग निर्माण गरी पूर्ण रुपमा सञ्चालनमा ल्याईएको जानकारी गराउन चाहन्छु । उक्त डीप बोरीङ्ग गर्न ललितपुर म.न.पा वडा नं. २२ बस्ने श्री सरोज सिं डंगोल ज्यूले आफ्नो स्वामित्वमा रहेको तत्कालीन लुभु गाविस वडा नं. ८ ख कि.नं. ८३१ क्षेत्रफल १५ह् २६ वर्गफिट (१ आना २ दाम) संस्थालाई जग्गा उपलब्ध गराएको जानकारी गराउन चाहन्छु । संस्थालाई डीप बोरीङ्ग गर्न जग्गा उपलब्ध गराई दिनु भएकोमा श्री सरोज सिं डंगोल ज्यूलाई व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु ।
४) यस संस्थाको प्राङ्गणमा निर्मित सभाहल सम्पन्न भई उक्त सभा हलमा साउण्ड सिस्टम र विद्युतीय काम सम्पन्न भईसकेको जानकारी गराउन चाहन्छु ।
५) आ.व. २०७६÷०७७ र २०७७÷०७८ को अवधि सम्म जम्मा १२९६ वटा निजी धारा जडान गरिएको छ भने २०७८÷०८÷२३ गते सम्म थप १०९ वटा निजी धारा जडान गरिएको जानकारी गराउन
चाहन्छु । हाल सम्म जम्मा १४०५ वटा धारामा नियमित रुपमा पानि प्रवाह गरि रहेको यस सभामा जानकारी गराउन चाहन्छु ।
६) संस्थाको मिति २०७८।८।२४ गतेको बैठकको निर्णय अनुसार पाचौं तथा छैठौ साधारण सभा नभए सम्म नयां धारा जडान बन्द गरिएको जानकारी गराउद छु ।
७) संघिय सांसद कोषको बजेटबाट देवीस्थान कार्यालय क्षेत्रको चारै तिर सुरक्षार्थ सुरक्षा पर्खाल एवं कलात्मक प्रबेश द्वार बनाई ग्रीलमा रङ्गरोगन समेत लगाउने काम सम्पन्न भईसकेको जानकारी
गराउन चाहन्छु ।
८) यस संस्थाको ल्याब रुममा पानीको नियमित परीक्षण गरी सो को रिर्पोट प्रत्येक महिनामा खानेपानी तथा ढल निकाश विभाग अन्तर्गतको खानेपानी गुणस्तर शाखामा पठाउने गरिएको जानकारी गराउन चाहन्छु । साथै संस्थाको ल्याबलाई अझ स्तर बृद्धि गर्न महालक्ष्मी न. पा. का प्रमुख ज्यूबाट Digital photo Meter तथा Arsenic Test गर्ने Arsenetor एक एक थान उपलब्ध गराईदिने आश्वासन दिएको जानकारी गराउन चाहन्छु ।
९) यस संस्थाको कुशल व्यवस्थापनको लगि खानेपानी तथा सरसफाई डिभिजन नं. ५, भक्तपुरको सहयोगमा तथा सहभागिहरु संग रु ३०००। सहभागि शुल्क लिई मिति २०७८ असोज ११ गते देखि २०७८ असोज १४ गतेसम्म पश्चिमाञ्चल तथा मध्ये पश्चिमाञ्चल क्षेत्रमा रहेको खानेपानी उपभोक्ता संस्थाहरुमा अवलोकन भ्रमण गरीएको जानकारी गराउन चाहन्छु ।
१०) नेपाल सरकारको संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत निर्मित २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड टैंक निर्माण सम्पन्न भई हाल सु–व्यवस्थित रुपमा नियमित सञ्चालनमा रहेको जानकारी गराउन चाहन्छु ।
११) बाह्रबिसे स्थित डीप बोरीङ्ग क्षेत्रमा चौकीदार क्वाटर निर्माण एवं कम्पाउण्ड पर्खाल लगाउने काम तथा डिप बोरीङ्गबाट रिजर्भ टैंक सम्म पाईपलाईन विस्तारको काम डिभिजन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ललितपुर मार्फत निर्माण सम्पन्न भै सकेको जनाकारी गराउन चाहन्छु।
१२) यस डिप बोरिङ्गबाट हाल दैनिक २ घण्टा मात्र पानी संचालन भएको जाननकारी गराउन चाहन्छु ।
१३) विश्वभर फैलिएको कोभिड–१९ को महामारीको अवस्थालाई मध्ये नजर गरी आ.व. २०७६÷०७७ मा चैत महिनाको खानेपानी महसुल र २०७७÷०७८ मा बैशाख महिनाको खानेपानी महसुलको जरिवाना मिनाहा गरिएको जानकारी गराउन चाहन्छु ।
१४) संस्थाको मान प्रतिष्ठा एवं पहिचानको लागि समितिका पदाधिकारीहरु र कार्यरत कर्मचारीहरुलाई पोशाकको व्यवस्था गरेको जानकारी गराउन चाहन्छु ।
१५) डिस्ट्रीब्युसन पाइपलाईन अन्तरगत संस्थामा रहेको रिर्जभ टैंक क्षेत्रबाट ५ वटा मेन पाइपबाट पानी वितरित भईरहेको छ । गत आ.व. सम्ममा संस्थाको डिस्ट्रीब्यूसन लाइन १५,८११ मीटर रहेकोमा आ.व. ०७६÷०७७ सम्म ५७८२ मिटर थप पाइप लाईन विस्तार तथा आ.व. २०७७÷०७८ मा पनि १४९० मिटर पाइप लाईन विस्तार भई जम्मा २३,०८३ मिटर पाईप लाईन विस्तार भइसकेको छ । त्यस्तै आ.व. ०७६।७७ र ०७७।७८ मा २८३१ मिटर प्रशारण थप तथा भाल्टारमा भएको डिप बोरिङ्ग बाट २५०० मिटर समेत गरि जम्मा ६५९८ मिटर प्रशारण लाईन जडान भैसकेको जानकारी गराउदछु ।