यस यस लभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निस्वार्थ भावनाले ललितपुर लुभुका स्थानियलाइ खानेपानी बितरण गर्ने लक्ष्यले खोलिएको संस्था हो । हामीले हाल सम्म करिब १४३० वटा धाराहरु बितरण गरिसकेका छौ भने केहि समयमा यसको संख्या बढाएर २५०० बटा धाराहरु बितरण गर्ने लक्ष्य लिएका छौे । समुदायमा आधारित यस खानेपानी आयोजना हाल सम्म करिव ७५ प्रतिशत पाइप लाइनको काम पूरा भएको छ भने १ लाख ५० हजार लिटर क्षमता भएको एक वटा रिजर्भ टैंक, २ लाख लिटर क्षमताको एक वटा रिजर्भ टैंक, धमिलो पानी छान्ने ट्यूव सेट्लर फिल्टर टैंक र ईन्टेक सुधारको काम पुरा भएको छ । यस आयोजना सम्पन्न गर्न निम्न अनुसारको काम पूरा गर्नुपर्ने छ ।
- हाललाई थप २ वटा डीप बोरिङ्ग गर्ने लक्ष्य लिईएको छ ।
- २५ प्रतिशत पाइप लाई विस्तार गर्न बाकी रहेको छ ।
- प्राबिधिक कोठा निर्माण गर्ने लक्ष्य लिएको छ ।
- उक्त कार्य सम्पन्न गर्न सहयोगको अपेक्षा गरिएको छ ।